भोली शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा रामकहानी चाबहिलको गोपिकृष्ण हलमा नलाग्ने भएको छ । गोपिकृष्ण मुभिजले निर्माण गरेको नयाँ सिनेमा रोज पनि भोली नै रिलिज हुँदैछ । यसैले पनि रामकहानीलाई सानो हल दिएको भन्दै यसका वितरक सुनिल मानन्धरले फिल्म नचलाउने बताएका हुन् ।
उनका अनुसार बिहिबार दिउँसो सम्म सिनेमालाई दोश्रो धेरै सिट क्षमताको कृष्णमा लगाउने कुरा भएको तर बेलुका एकाएक नममा लगाउने बताएको भन्दै उनले सिनेमा नचालउने निर्णय भएको बताए ।


उनले, आफ्नो जुध्न नसक्नेले किन सिनेमा ल्याएको भनेर प्रश्न समेत गरे । यता सिनेमाका निर्देशक सुदर्शन थापाले पनि गोपिकृष्ण मुभिजले रामकहानीमाथि फोहोरी खेल खेलेको बताए । सानो हलमा सिनेमा लगाएपछि नचलाउने निर्णय गरेको सुदर्शनले बताए ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकारले यो सिनेमामा अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV