मुभी मेकर्सको ब्यानर तथा सुरज प्रधानको प्रस्तुति रहने नयाँ फिल्म ‘मदहोस’ को गीत रेकर्डिङ्ग गरिएको छ । फिल्मको ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकर्डिङ्ग गरिएको हो । एसके अधिकारीको शब्द रहेको उक्त गीतमा बाबुल गिरी तथा सन्तोष प्रगाढको संगीत छ ।


जसमा नित्या शिवा, बाबुल गिरी तथा सन्तोष प्रगाढले नै स्वर दिएका छन् ।निर्देशक एसके अधिकारीको लेखन तथा निर्देशनमा रहने फिल्म मदहोसले समाजमा विद्यमान यौन हिंसाको शिकार भएका युवा युवतीको समस्यालाई उठान गरेको छ ।


फिल्ममा शिक्षित बेरोजगार युवाहरुको उत्पीडन, सामाजिक संजालमा देखिएका युवायुवती बीचको समस्याको वरिपरि फिल्मको कथा घुमेको छ । मदहोसमा विक्रम कार्की को छायांकन रहने छ, भने राजन महर्जनको कोरियोग्राफी रहने छ ।

फिल्ममा नव नायिका सृजना बस्नेतले यसै फिल्म मार्फत डेब्यु गर्दै छिन् । सृजनासंगै दिपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेल, सलिना खड्का तथा प्रियंका अधिकारी लगायतका कलाकारहरु मुख्य भूमिकामा रहने छन् ।

For More videos Log on to Mazzako TV