नेपाली चलचित्रक्षेत्रको सफल सिरिज ‘छक्का पन्जा’का प्राय गीत दर्शकले रुचाउँदै आएका छन्। यसै सिरिज को पछिल्लो समय चर्चामा रहेको ‘छक्का पन्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीतले रिलिजको ३७ दिनमा १ करोड माथिको भ्युज पाएको छ।

पहिलो नम्बरमाले अहिलेसम्म १ करोड एक लाख छब्बिस हजार बढी भ्युज पाएको छ।
राजेन्द्र थापाको शब्द रहेको गीतमा डेभिड शंकर र बिन्दु परियारको आवाज रहेको छ। दिपक शर्माले यस गितलाई संगीत दिएका हुन्,। यस गित को भिडियो लाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्,।

भिडियोमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, दीपिका प्रसाई, बर्षा राउत, स्वस्तिमा खड्का, सन्जोग कोईराला लगायतका फिचर रहेका छन्। दशैंको नजिक रिलिज हुने बताईएको चलचित्र ‘छक्का पन्जा ३’ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

For More videos Log on to Mazzako TV