यहि शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा रामकहानी प्रचारका लागि काठमाण्डौको कोटेश्वरमा कन्सर्ट गरिएको छ । सुदर्शन थापा निर्देशित यो सिनेमालाई पूजा शर्मा र सुदर्शनले मिलेर बनाएका हुन् । यो सिनेमाको प्रचारका क्रममा कोटेश्वर चोकमा कन्सर्ट गरियो ।

जसमा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ, कलाकार जितु नेपाल, राजाराम पौडेल, निर्देशक सुदर्शन थापा, शोभित बस्नेत पुगेका थिए । उनीहरुलाई बडिगार्डले सुरक्षा दिएका थिए । फिल्म राम्रो बनेको भन्दै सबैले माया गर्नेमा अभिनेत्री पूजा शर्मा ढुक्क देखिइन् । यस्तै, अभिनेता आकाश श्रेष्ठले पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरे । निर्देशक सुदर्शन थापाले नेपाली दर्शकले नेपाली फिल्म हेर्ने भन्दै एउटा राम्रो कथामा फिल्म बनेको भन्दै दर्शकलाई आश्वस्त पार्ने प्रयास गरे ।

फिल्मको प्रचारका क्रममा कलाकार जितु नेपालले कमेडीको माध्यमबाट दर्शकलाई हसाँएका थिए भने केही कलाकार फिल्ममा समावेश तिम्रो लागि म छु बोलको गीतमा नृत्य गरेका थिए ।

For More videos Log on to Mazzako TV