धिरजको स्टारडमा राजेश र दिनेशको यस्तो आशा

अभिनेता धिरज मगर असोज ५ गतेबाट रिलिज हुन लागेको सिनेमा इन्टु मिन्टु लण्डनबाट उदाउने तयारीमा छन् । यो सिनेमाको प्रचार सामाग्रीहरु बजारमा आइरहँदा धिरज अबको स्टारको रुपमा हेरिन थालिएको छ । धिरजलाई धेरैले त अबको स्टार समेत भनिसकेका छन् ।

तर, चर्चित गायक राजेश पायल राइले धिरजमा अबको स्टार हुने खुबी देखिएको बताएका छन् । उनले, यो सिनेमाको गीत रिलिज कार्यक्रममा धिरज अबको स्टार भएको बताए । निर्देशक दिनेश डीसीले पनि धिरजमा स्टारको गुण भएको बताए । दिनेशले त फिल्मको प्रिमियरमा धिरजको अटोग्राफ लिने समेत बताएका छन् ।

यसैले पनि रेनशा वान्तवा राइले भने जस्तै धिरजलाई फिल्मी क्षेत्रले स्टारको रुपमा हेर्न थालेको छ । के धिरजले त्यो आशालाई पुरा गर्न सक्लान् त ?
For More videos Log on to Mazzako TV








