प्रदिपको स्टारडमसँग जोडिएको रोज
अभिनेता प्रदिप खड्का भएपछि त्यो फिल्ममा अरु कुराको चर्चा गौण बन्छ । प्रदिपको कारण सिनेमाको हाइप बढ्छ । भदौ २२ गतेबाट रिलिज हुन लागेको सिनेमा रोज पनि अहिले चर्चामा छ त त्यो प्रदिपकै कारणले छ । यो सिनेमामा अरु के छ भन्ने कुरा गौण बनेको छ ।

प्रदिप पनि यो सिनेमाको व्यापारलाई लिएर चिन्तित र उत्साहित छन् । किनकी, यो सिनेमाको व्यापार प्रदिपको स्टारडमसँग पनि जोडिएको छ । सिनेमा चल्यो भने प्रदिपको स्टारडम चम्कनेछ । यसैले प्रदिप नेपालभर कन्सर्टमा सहभागी छन्, फ्यानसँग भेटिरहेका छन् । यसपटक सिनेमामा केही पृथक भूमिका गरेकाले पनि प्रदिपलाई फिल्मको व्यापार के हुने हो भन्ने लागेको छ ।
तर, रोजको सम्पूर्ण व्यापार प्रदिपको स्टारडमसँग जोडिएको छ । ५० लाख पारिश्रमिक लिने अवस्थामा पुगिसकेका प्रदिपलाई रोजको व्यापारले यति पारिश्रमिक लिन सकिन्छ या सकिदैन भन्ने दर्शाउनेछ । निरक पौडेलले यो सिनेमाको निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV








