असोजा ५ गते सार्बजनिक मिती तोकिएको नेपाली चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को तेश्रो गीत ‘जुरायो’ सार्वजनिक भएको छ । यस गीतले इङेज्मेन्ट र बिवाहको माहोललाई इङ्गित गर्छ । गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सारुक ताम्राकारलाई फिचरिङ गरिएको छ ।


यो गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, राजेश पायल राई र मेलिना राइको स्वर छ । विक्रम लामा र एन्जिला खत्रीले यो भिडियोको कोरियोग्राफी गरेका हुन् ।

धिराज मगर यस चलचित्रका मुख्य नायक हुन्, । युट्युव भ्लगर को रुपमा चिनिएका धिरज मगरको यतिबेला सिने नगरिमा राम्रै चर्चा हुने गरेको छ। डेव्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाटै धिरज फोकसमा आएका हुन् । लामो समय कोरियोग्राफी गरेकी रेनशा वान्तवा राइ यस फिल्म कि निर्देशक हुन्।

For More videos Log on to Mazzako TV