विकासलाई किन चाहियो एकाएक नयाँ अभिनेता ?
निर्देशक विकासराज आचार्य नयाँ अभिनेताको खोजीमा लागेका छन् । नाई नभन्नु ल ५ मा अभिषेक नेपाललाई भित्राएका विकासले अब अर्को सिनेमाका लागि नयाँ अभिनेता खोजेका हुन् । उनले निर्देशन गर्न लागेको नयाँ सिनेमाको हजार जुनी सम्मका लागि नयाँ अभिनेता चाहिएको हो ।
यो सिनेमाका लागि हिरो मात्र नयाँ खोजिएको हो । अन्य कलाकार भने पुरानै राख्ने विकासको भनाई छ । सबै कुराले आकर्षक देखिने हिरो खोजिएको विकासले बताए । कविता रेग्मीले यो सिनेमाको निर्माण गर्दैछिन् । विकासले नाई नभन्नु ल ६ पनि बनाउने बताएका छन् ।
तर, त्यो भन्दा अघि नै उनी हजार जुनी सम्मको छायांकन सक्ने योजनामा छन् । बाल प्रेमको कथालाई पर्दामा उतार्न माहिर मानिएका विकासले यो सिनेमालाई भने कस्तो बनाउने हुन् ?
For More videos Log on to Mazzako TV