अनमोलकी हिरोइन उकुसा

अभिनेता अनमोल केसीले आफ्नो आठौ फिल्म ब्याचर बन्टीमा पनि नयाँ हिरोइनसँग काम गर्ने भएका छन् । अनमोलले काम गर्न लागेको ब्याचर बन्टी सिनेमाका लागि मोडल उकुसा गिरीलाई फाइनल गरिएको छ । उकुसासँग यसको निर्माण टिमले आज संझौता गरेको हो ।

दशैपछि यो सिनेमाको छायांकन सुरु हुनेछ । सिनेमालाई मिलन चाम्स र सुदिप खड्काले निर्माण गर्दैछन् भने मिलनले यो सिनेमाको निर्देशन गर्दैछन् । लभस्टोरी र कमेडी कथामा निर्माण हुन लागेको यो सिनेमाको छायांकन यूरोपका विभिन्न शहरमा गर्ने योजना मिलनको छ ।

उकुसाले विभिन्न सौन्दर्य प्रतियोगीतामा भाग लिइसकेकी छिन् । उकुसाको बिषयमा अनमोलको प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

फोटो सापटी द सिनेमा टाइम्स
For More videos Log on to Mazzako TV








