महंगो पारिश्रमिक लिएर अनमोल बने मोबाइलको ब्रान्ड एम्ब्यासडर
अभिनेता अनमोल केसीको लोकप्रियता चुलिदो छ । उनलाई विभिन्न विज्ञापनमा काम गराउनका लागि विभिन्न कम्पनीहरु पनि लागिपरेका छन् । तर, अनमोलले छानेर मात्र विज्ञापनमा काम गर्ने गरेका छन् । उनै अभिनेता केसी चाडै नै बजारमा आउन लागेको आई मार्स मोबाइलका लागि १ बर्षको ब्रान्ड एम्ब्यासडर बनेका छन् ।

आज आयोजना भएको कार्यक्रममा अनमोलसँग यो मोबाइलको नेपालको आधिकारिक विक्रेता कम्पनीले संझौता गरेको हो । दशैको अगाडि यो मोबाइल बजारमा आउनेछ । अभिनेता केसीले पारिश्रमिक खुलाउन नचाहेपनि आफूले निकै राम्रो रकम लिएर यो संझौता गरेको बताए । यो प्रोडक्ट आफूलाई मन परेपछि संझौता गरेको अनमोलको भनाई छ ।
अनमोलले सबैलाई यो मोबाइल एक पटक प्रयोग गर्न पनि आग्रह गरेका थिए । अनमोललको चुलिदो लोकप्रियता आफूहरुले लक्षित गरेको समुहमा अझ बढी भएकाले उनलाई ब्रान्ड एम्ब्यासडर बनाएको नेपालको आधिकारिक विक्रेता कम्पनीले बताएको छ ।
For More videos Log on to Mazzako TV







