अमेरिकामा नीता पपुलर सह अभिनेत्री
अमेरिकामा आयोजना भएको नेम्फा पपुलर फिल्म अवार्डमा अभिनेत्री नीता ढुंगानाले पपुलर सह अभिनेत्रीको विधामा अवार्ड जितेकी छिन् । चलचित्र संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नीता पनि अमेरिका पुगेकी थिइन् । यो अवार्डमा पपुलर अभिनेता अनमोल केसी र पपुलर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह हुन सफल भए ।

पपुलर निर्देशकको अवार्ड दीपाश्री निरौलाले जित्दा पपुलर फिल्मको अवार्ड छक्का पन्जा २ को पोल्टामा गयो । यस्तै, पपुलर हाँस्य कलाकारको अवार्ड केदार घिमिरे र विल्सन विक्रम राइले जितेका छन् । पपुलर सह अभिनेताको अवार्ड जितु नेपालले जितेका छन् । अभिनेता भूवन केसीलाई यूग अभिनेताको अवार्ड दिइयो । कलाकार सुनिल थापालाई भने लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।
For More videos Log on to Mazzako TV







