अभिनेत्री प्रियंका कार्की फिल्म कथा काठमाण्डुमा समावेश रातको कुरा बोलको गीत विवादमा परेपछि मौन थिइन् । सिनेमाको प्रमोशनमा समेत नहिड्ने उनको तयारी थियो । तर, आइतबार सार्वजनिक भएको फिल्मको ट्रेलरले चर्चा मात्र पाएन प्रियंकाको कामको तारिफ पनि भएको छ । कामको तारिफ भएपछि बल्ल प्रियंकाले मुख खोलेकी छिन् । प्रियंकाले यति राम्रो फिल्ममा अवसर दिएको भन्दै फिल्मको यूनिटलाई धन्यवाद समेत दिएकी छिन् ।

उनले, यो फिल्ममा आफूले निर्वाहा गरेको भूमिका समाजको वास्तविक कथा भएपनि त्यस कथा र व्यथालाई समाजले नदेखे झै गरेको उल्लेख गरेकी छिन् । प्रियंकाले आफ्नो कामलाई आकर्षक तरिकाले प्रस्तुत गरेको भन्दै निर्माणपक्षलाई धन्यवाद समेत दिएकी छिन् । आलोचना हुँदा मौन बस्ने तर प्रशंसा भएपछि बल्ल श्वास फेर्ने प्रियंकाको बानी कतीको शोभनिय छ होला ?

For More videos Log on to Mazzako TV