अभिनेत्री स्वस्तिमा खड्का र रविना देशराजको परिवारविचको निकटता लोभलाग्दो छ । उनीहरुको विशेष कार्यक्रममा स्वस्तिमा छुट्दिनन् । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको इन्गेजमेन्ट समारोहमा पनि स्वस्तिमा विशेष पाहुनाको रुपमा पुगेकी थिइन् ।

उनले, पार्टीमा खुबै रमाइलो गरेको समेत उल्लेख गरेकी थिइन् । उनै स्वस्तिमा अभिनेता आशिरमान देशराज जोशीको जन्मदिनमा आयोजित विशेष कार्यक्रममा पनि पुगेकी छिन् । स्वस्तिमाले निमन्त्रणाका लागि आशिरमानकी आमा रविना देशराजलाई विशेष धन्यवाद दिएकी छिन् । उनले, आशिरमान, आयुष्मान, प्रियंकाको साथमा तस्बिर समेत खिचाएकी छिन् ।

For More videos Log on to Mazzako TV