फिल्म कथा काठमाण्डुमा उत्तेजक दृश्य दिएकी अभिनेत्री प्रियंका कार्की अहिले यसको टिम र मिडियासँग भागिरहेकी छन् । प्रियंका र प्रमोद अग्रहरिले अभिनय गरेको रातको कुरा बोलको गीतमा यी दुइको अन्तरंग दृश्य समावेश छ । गीतको अन्तरंग दृश्य सार्वजनिक भएपछि प्रियंकाको आलोचना खुबै भयो । यसैले यसको निर्माण टिमलाई प्रियंकाले प्रचारमा समय नदिने बताइसकेकी छिन् ।


प्रियंकाले मिडियालाई समेत गीत र भिडियोको बारेमा कुनै प्रतिक्रिया नदिने भनेपछि संचारकर्मी उनीसँग आक्रोशित छन् । आफैले खेलेको, दृश्य दिएको फिल्म र भिडियोको बारेमा बोल्न किन आपत्ती भन्दै पत्रकारले यो सिनेमाकी निर्देशक संगीता श्रेष्ठमाथि प्रश्न उठाएका छन् । संगीताले पनि कलाकारले काम गरेपछि त्यसको प्रमोशनमा साथ दिनुपर्ने बताएकी छिन् ।
तर, प्रियंका भने यो बिषयमा बोल्न नै चाहन्नन् । मिडियाले उनीसँग यो गीत र भिडियोको बारेमा प्रतिक्रिया माग्न खोज्दा उनले जवाफ नदिने बताइसकेकी छिन् ।

For More videos Log on to Mazzako TV