३ जोडीको कथा कस्तो कस्तो ? ‘कथा काठमाडु’ ट्रेलर यस्तो (भिडियो)
संगीता श्रेष्ठको लेखन र निर्देशनमा निर्माण भएकोे फिल्म ‘कथा काठमाडु’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले काठमाण्डुको कथा बोलेको छ । यसअघि सार्वजनिक फिल्मका ३ गीतबाट मज्जाको प्रतिक्रिया पाइरहेको अबस्थामा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्ममा ३ जोडीको कथालाई उतारिएको बुझ्न सकिन्छ । ट्रेलरमा प्रियंका कार्की र प्रमोद अग्रहरी, सञ्जोग कोइराला र सन्ध्या केसी तथा आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी प्रस्तुत छन् ।
विजय राईको लगानी रहेको फिल्म असोज १२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । लुज सिंहले छायांकन को रहेको छ । भने मित्र गुरुङले सम्पादन गर्नेछन् ।
For More videos Log on to Mazzako TV