अभिनेता अनमोल केसीको नयाँ प्रोजेक्ट ‘ए मेरो हजुर ३’ को मुहूर्त भएको छ । शनिवार दिउँसो साढे ३ बजे पोखराको विन्दावासिनी मन्दिरमा फिल्मको शुभ साइत गरिएको हो । यहि फिल्मबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा डेब्यु गरेकी हुन् ।


झरनाको दोस्रो निर्देशनमा निर्माण हुने फिल्मको मुहूर्त समारोहमा अनमोल र सुहाना दुवै उपस्थित थिए । सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको फिल्मको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । फिल्मको रिलिज डेट चैत्र २९ गते भनिएको छ ।

रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ । गएको वर्ष प्रदर्शनमा आएको यो फिल्मको दोस्रो सिरिजमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँ लिड रोलमा थिए ।

For More videos Log on to Mazzako TV