नायक आर्यन अधिकारी तथा नायिका सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को ट्रेलर सार्वजनिक गरिएको छ । यहि असोज ५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा आर्यन र सृष्टिबिचको माया प्रेम र एक्सनलार्ई प्रस्तुत गरिएको छ ।


फिल्मको ट्रेलरमा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग पनि प्रस्तुत छन् । निर्देशक सविर श्रेष्ठ प्रोमोले दर्शकको ध्यान तान्ने बताउँछन् । ‘बाँध मायाले’को टिजर र गीत पश्चात प्रोमो सार्वजनिक गरिएको हो । फिल्मको थप दुई गीत बाँकी रहेको निर्देशक श्रेष्ठ बताउँछन् ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘बाँध मायाले’ मा रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माताको रुपमा रहेका छन् भने सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको एक्सन निर्देशन छन् । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् ।

For More videos Log on to Mazzako TV