अभिनेत्रीद्धय बर्षा सिवाकोटी र बर्षा राउतको सम्बन्ध कस्तो होला ? उनीहरुविच जस्तो सम्बन्ध भएपनि मिडियामा उनीहरुको वादविवादको खबर सार्वजनिक भैरहेको हुन्छ । एक बर्षाले नगरेको फिल्म अर्की बर्षाले गरेको खबरले पनि मिडिया तात्ने गरेको छ ।

तर, यी दुइको यस्तो खालको खबरले पिछा छाड्ने सुरसार भने छैन । निर्देशक प्रकाश सुवेदीले निर्देशन गर्न लागेको नयाँ सिनेमा बकम्फुसे राजामा पनि दुई बर्षालाई नै अफर गरिएको छ । दुई बर्षासँग लिखित संझौता भने भएको छैन ।

तर, दुई बर्षालाई नै अफर गरेपछि अब निर्देशक र उनको टिमलाई कसले छाड्ने हुन् भन्ने पिर पर्न थालेको छ । दुई बर्षाले एकसाथ काम गरेपनि, वा एकले छाडेपनि फेरि यी दुइको सम्बन्धको चर्चा भने हुने नै छ ।

For More videos Log on to Mazzako TV