प्रदिपका लागि राम्रो कथा भनेको के हो ?
अभिनेता प्रदिप खड्काका हरेक फिल्ममा पारिश्रमिक बढिरहेको छ । प्रदिपले पारिश्रमिक ५० लाखसम्म पुर्याइसकेका छन् । प्रदिपलाई अहिले महंगो पारिश्रमिक लिएर धेरै सिनेमा खेल्न लागेको आरोप समेत छ ।

तर, अभिनेता प्रदिप भने राम्रो कथा आएको खण्डमा निशुल्क काम गर्न पनि आफू तयार भएको बताइरहेका छन् । पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा उनले यो तर्क गरे । राम्रो कथा आएको खण्डमा निशुल्क पनि काम गर्न तयार रहेको नराम्रो कथामा काम नै नगर्ने उनको भनाई थियो ।
उसो भए प्रदिपले आजसम्म काम गरेका फिल्मको कथा कस्ता थिए होला ? राम्रा कि नराम्रा कि औषत ? साच्चै प्रदिपका लागि पारिश्रमिक नै नदिई सिनेमामा काम गराउन सफल लेखक कहिले आउलान् त ? कि प्रदिपले यो भन्नका लागि मात्र भनेका हुन् ?
For More videos Log on to Mazzako TV








