सारुकलाई धिरजको छायाँ पर्ला कि नपर्ला ?
अभिनेता सारुक ताम्राकार इन्टु मिन्टु लण्डनमाको ट्रेलर रिलिज भएपछि सबैको ध्यान तान्न सफल छन् । यो सिनेमामा उनी बेलायती आर्मीको भूमिकामा देखिएका छन् । यसैले पनि उनको भूमिका र स्टाइलको चर्चा भैरहेको छ ।
तर, रानी फिल्मबाट डेब्यू गरेका अभिनेतालाई बक्स अफिसमा हिट पनि हुनु छ । आजबाट उनी अभिनित फिल्म मेरी मामु पनि रिलिज भएको छ । सारुकको चर्चा भैरहँदा उनी अभिनेता धिरज मगरको छायाँमा पर्ने डर पनि छ । किनकी, सिनेमाको हाइलाइट धिरज हुन् ।
धिरजको छायाँमा सारुक परे भने फेरि पनि उनको करिअरलाई खासै फाइदा हुने छैन । यसका लागि सारुकलाई निर्देशक रेनशा वान्तवा र उनको टिमले कसरी अगाडि ल्याउँछ भन्ने कुरा पनि मुख्य हो ।
For More videos Log on to Mazzako TV