शम्भुजित बास्कोटाको संगीत तथा गायनमा ‘चौका दाउ’ चलचित्रको ‘राधा पियारी’ बोलको गित शार्बजनिक गरिएको छ । बास्कोटालाई गायिका कोमल राजभण्डारीले साथ दिएकी छिन् । यस गितको शब्द रचना श्री पुरुष ढकाल् र दयाराम पान्डे को रहेको छ । लोक फ्लेबरको गितमा बर्षा राउत, सन्तोष पन्त, तैयब शाह, रबिन्द्र झा, विल्सन बिक्रम राई (तक्मे बुढा) आदीको रमाईलो देख्न सकिन्छ । उक्त गीतमा भिम फेदी गाइजको डान्स पनि देख्न सकिन्छ ।

चलचित्रमा नायिका बर्षा राउत मुख्य भूमिकामा छिन् । चलचित्रमा अन्य कलाकार हरु रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय देख्न सकिन्छ ।

सौर्य प्रोडक्शनको प्रस्तुति रहेको यो चलचित्रलाई मनोजराज भण्डारी र सौर्यजीत बास्कोटाले निर्माण गरेका छन्,। पुरेन्दु झाको निर्देशन रहेको चलचित्रको कार्तिक ९ गते लाई प्रदर्शन मिति तोकिएको छ ।

For More videos Log on to Mazzako TV