एलिजा गौतम र समुन्द्र पण्डितको म्युजिकल लबस्टोरी रहेको चलचित्र अनुरागको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा माया प्रेम,मिलन बिछोड, पारिवारिक तनाब आदी कुराहरु लाई प्रस्तुत गरिएको छ। सत्यराज चौलागाईको निर्देशन रहेको चलचित्रमा एलिजा र समुन्द्र बाहेक सरोज खनाल,राजाराम पौडेल,ठिलेंन लामा,रुपा राना, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । नायिका एलिजा गौतम स्वंयमले यस चलचित्र को निर्माण गरेकी छन् ।

एलिजा पत्रकार ऋषि धमलाकी श्रीमती हुन् ।

चर्चित पत्रकारकी श्रीमती भएकै कारण एलिजालाई धेरै नै टिप्पणी आइराख्या हुन्छ । प्राय पत्रकार र दर्शकले सम्बोधन गर्दा नै धमला पत्नी भनेर गर्ने गर्छन् ।

उनको सिनेजगतमा प्राराम्भिक चिनारीको लागी यो ठिकै होला तर स्वभिमान र पहिचान को लागी सधै धमला पत्नी बाटै चिनिनु अफ्ट्यारो बन्न सक्छ । यस बिषयमा एलिजाको यदाकदा गुनासो पनि सुनिन्छ । तर यो ट्याग लाईन हटाउन अनुराग को प्रदशन मिती असोज १२ र त्यस पछी को दर्शक प्रतिकृया नै कुर्नु पर्ने हुन्छ ।

 

For More videos Log on to Mazzako TV