सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेको फिल्म ‘अनुराग’ को ट्रेलर सार्वजनिक भएको छ । सत्यराज चौलागाँई निर्देशित फिल्मको लभ स्टोरी ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । म्युजिकल लभ स्टोरी फिल्मको ट्रेलरमा धमला पत्नी एलिजा गौतम र नव नायक समुन्द्रराज पण्डितको संगीतप्रतिको लगावलाई महसुश गर्न सकिन्छ ।

फिल्म अनुराग मा एलिजा र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा लगायतको अभिनय छ । फिल्ममा संगीत ताराप्रकाश लिम्बु र सरोज पोखरेलले दिएका छन् ।
किरण ढकालको कथा रहेको अनुरागमा निर्देशक चौंलागाईं र अगात केसीको पटकथा एंव संवाद छ । निर्माताको रुपमा गीता भेटवाल रहेकी छिन् । अनुराग असोज १२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV