भष्मे डन (बिपिन कार्की )अब लेखक बन्दै
नेपाली सिनेजगतमा नायक भन्दापनि पात्रको पहिचान प्रमुख हो भन्ने उदाहरण पस्केका केहि कलाकार मध्य बिपिन कार्कीको नाम छुट्दैन । हरेक चलचित्रमा फरक अभिनय गरेरै, दर्शकको अनि निर्माता,निर्देशक को पहिलो रोजाई मा पर्न सक्नु उनको खुबी मान्नु पर्छ ।
यिनै कलाकार विपिन कार्की अब लेखक बन्ने भएका छन् । रंगमञ्चदेखि को फिल्म सम्मको यात्रामा केन्द्रित रहेर उनी स्वयमले पुस्तक लेख्न लागेका हुन् । पुस्तकमा बिपिनको संघर्ष र उनले निर्वाहा गरेका रंगमञ्च अनि चलचित्र का चरित्र लाई समेटिने बताइएको छ ।

पुस्तकलाई २०७६ भित्र बजारमा ल्याउने विपिनको तयारी छ । बिपिन को लेखन रहने पुस्तक बुकहिल पब्लिकेशनले प्रकाशन गर्ने जिम्मा लिएको छ । केही दिन अघिमात्र बुकहिलका अध्यक्ष भुपेन्द्र खड्का र विपिन बीच कागजी सम्झौता भएको छ ।
अभिनेताले पुस्तक लेख्ने भन्ने बित्तिकै बायोग्राफी होकी भन्ने सोच धेरैमा हुन्छ । तर आफू बायोग्राफी लेख्न नलागेको उनले स्पष्ट पारे । ‘म साहित्यको विद्यार्थी हुँ र प्रायः केही कुराहरु लेखिरहेको हुन्छ । भुपेन्द्र जीले मैले नाटक र फिल्ममा निर्वाहा गरेको चरित्रको बारेमा सुनेपछि पुस्तक लेख्न आग्रह गर्नुभयो । उहाँको आग्रह स्विकार गर्दै पुस्तक लेख्ने प्रयास गर्न लागेको हुँ’, विपिनले भने ।
उनले आफूले जीवनमा भोगेका कुराहरु पनि धेरथोर पुस्तकमा समेट्ने बताए । ‘विशेषतः रंगमञ्च र फिल्ममा मैले क्यारेक्टर बनाउनका लागि गरेको संघर्षलाई रोमाञ्चक रुपमा प्रस्तुत गर्ने सोच हो’ उनले भने, ‘पुस्तक लेख्न सुरु गरिसकेको छैन । ‘गोपी’ र ‘जात्रै जात्रा’ पछि लेख्न सुरु गर्नेछु ।’उनले बताए ।
For More videos Log on to Mazzako TV







