‘रोज’ युनिट मोफसल प्रचार यात्रामा
प्रदीप खड्का स्टार फिल्म ‘रोज’ ले पोखराबाट मोफसल प्रचार यात्रा सुरु गरेको छ । विहिबार पोखरामा प्रेसमिटसंगै कन्सर्ट आयोजना गरियो । मिडटाउन ग्यालरी हलमा आयोजित प्रेसमिटमा कलाकार र गायकले फिल्ममाथि प्र्रकाश पारे ।
प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, प्रताप दास लगायत टुरमा सहभागि छन् । आफू पहिलोपटक रोमान्टिक जनराबाट पर हटेर थ्रीलरमा काम गरेकाले दर्शकले भिन्न टेस्टमा प्राप्त गर्ने अभिनेता खड्काले बताए ।
आफ्ना अघिल्ला फिल्म पोखरेली सिनेमा घरमा राम्रो चलेकाले रोजलाई पनि स्थानीय दर्शकले माया गर्ने विश्वास उनले व्यक्त गरे । राम्रा फिल्मलाई निःशुल्क गर्न तयार भएको जनाउँदै प्रदीपले पैसाको पछि मात्र लाग्ने आरोप अस्वीकार गरे ।
अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् । ‘कतै न कतै मेरो जीवनको नजिक मुख्य पात्र भएकाले मलाई काम गर्दा सजिलो र इन्टिमेट महसुस भयो’ राणाले सोधिएका प्रश्नको जवाफ दिइन् ।
अभिनेत्री मिरुना मगरले प्रदीपसँग काम गर्दा केमेस्ट्री निर्माण भएको बताउँदै आफूले उनलाई सरल र यथार्थवादी व्यक्तिको रुपमा लिएको बताइन् । गायक प्रताप दासले फिल्मको चर्चित गीत फूल हैन…गीत गाएर सुनाए ।
टुर पोखरा, बुटवल, नारायणगढ, धरान, इटहरीदेखि बिर्तामोड पुगेर टुंगिनेछ । नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV