फिल्म ‘तिमी र म’ निर्माण हुने भएको छ । फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । फिल्म ’लम्फू’ डेब्यू गरेका नायक कविर खड्का यो फिल्ममा अनुबन्धित भएका हुन् । फिल्ममा कविरको जोडीको रुपमा नायिका सूर्या थापा देखिनेछिन् । लभ स्टोरी जनरामा निर्माण हुने यस फिल्मका लागि अन्य कलाकारको भने तय भएको छैन् ।


अष्ट्रेलियामा खिचिने लभस्टोरी जनराको ‘तिमी र म’ लाई नेपाली र अष्ट्रेलियन दुई निर्देशकले निर्देशन गर्नेछन् । सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयूक्त रुपमा फिल्मको निर्देशन गर्ने छन् । कमला पोखरेल, भुषण पोखरेल र चन्द्रबहादुर खड्काको संयुक्त लगानी रहने फिल्मको बजेट एक करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

फिल्मको केही अंश मात्र नेपालमा छायांकन गरिने छ भने ९५ प्रतिशत छायांकन अष्ट्रेलियामा हुनेछ । जनवरी महिनाको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको पटकथा राजेन्द्र महर्जनले लेखिरहेका छन् ।

For More videos Log on to Mazzako TV