के डिमाण्डेड बनेकी हुन् सारा ?
अभिनेत्री सारा सिर्पालीले वर्कशपमा गैसकेको सिनेमा किन गरिनन् होला ? निर्माण हुन लागेको सिनेमा गीत गजल छाडेपछि अहिले साराको बिषयमा यो प्रश्न उठेको छ । साराले अहिलेसम्म ३ वटा सिनेमा मात्र खेलेकी छिन् । जसमा २ वटा फ्लप भए भने अर्को रिलिज हुने क्रममा छ ।
तर, साराले गीत गजल सिनेमाबाट हात निकालेपछि के उनी ३ वटा सिनेमा खेल्ने वित्तिकै डिमाण्डेड बन्न थालेकी हुन् त भन्ने देखिएको छ । हुनत, यो सिनेमाका निर्देशक नितिन चन्दले हिरो नयाँ भएकाले हिरोइन पनि नयाँ नै राख्ने सोच आएकाले सारासँग सहमतीमै कुरा भएको बताएका छन् ।
तर, के फाइनल भएर वर्कशपमा गैसकेकी हिरोइन पुरानो भइन् भनेर उनी फिल्मबाट निकालिइन् भन्ने कुरा पत्याउन सकिएला ?
For More videos Log on to Mazzako TV