आँचलसँग नचलेका आकाश पूजासँग चल्लान् ?
भदौ २२ गतेबाट रिलिज हुन लागेको रामकहानी सिनेमा चर्चामा छ । यो सिनेमामा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । आकाश र पूजाको जोडी अहिले फिल्म क्षेत्रमा चर्चा बटुल्न सफल छन् ।
हलमा दर्शकको ओइरो लागेमा यो जोडीलाई दर्शकले पनि रुचाए भन्ने पुष्टी हुनेछ । आकाशको भदौ १ गते ब्ल्याक सिनेमा रिलिज भएको थियो । तर, यो सिनेमा चलेन । अभिनेत्री आँचल शर्माको जोडी भएर उनले काम गरेका थिए । आँचल र आकाशलाई दर्शकले रुचाएनन् ।
फिल्म क्षेत्रमा आँचल र पूजाको तुलना हुन्छ । यसैले अहिले आकाशका लागि आँचल लक्की साबित हुन नसक्दा पूजा के होलिन् भन्ने चर्चा सुरु भएको छ ।
For More videos Log on to Mazzako TV