बिहे गर्नु अगाडि बरु अभिनेत्री गरिमा पन्तको चर्चा यति साह्रो हुदैनथ्यो होला, जति अहिले बिहे गरेपछि भएको छ । बेल्जियममा बस्दै आएका हरि थपलियासँग बिहे गरेर उतै बसेकी गरिमा अहिले आफ्नो खुल्ला कपडाका कारण चर्चित छिन् । नेपालमा रहँदा उनले फिल्मको पर्दामा र कुनै कार्यक्रममा छोटो लूगा लगाइनन् । तर, अहिले भने गरिमा बेल्जियमको हावापानीमा भिजेकी छिन् ।


होलिडे भ्याकेसनका लागि भन्दै गरिमा र उनका श्रीमान् थपलिया घुम्ने मुडमा निस्किएका छन् । सो क्रममा सेतो विकिनी लगाएर गरिमा स्विमिङ पूलमा रमाएकी छिन् । गरिमाको यो खुलेको पहिरन यसअगाडि पनि देखिएको थिएन । उनका फिल्मका फ्यानले त उनी यसरी परिवर्तन भइन् होला भनेर सोचेका पनि छैनन् होला । तर, गरिमा त्यो दिनकी गरिमा कहाँ रहिन् र ?

For More videos Log on to Mazzako TV