सकियो क्याप्टेन
अभिनेता अनमोल केसीलाई शिर्ष भूमिकामा राखेर निर्माता भूवन केसीले बनाएको फिल्म क्याप्टेनको छायांकन सकिएको छ । छायांकन सकिएपनि यो सिनेमाको रिलिज डेट भने फाइनल गरिएको छैन ।
निर्माता भूवन केसीले कात्तिक १६ गतेबाट रिलिज हुने बताइरहेका छन् । तर औपचारिक घोषणा भने गरिएको छैन । सिनेमाको छायांकनमा लामै समय लाग्यो । मौसमका कारणले सिनेमाको छायांकनमा बढी समस्या भएको भूवनले बताएका छन् । अनमोल केसीको साथमा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, वुद्दि तामाङ, नव–अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभी यो सिनेमाको मुख्य भूमिकामा छन् ।
सिनेमाले एउटा गाउँदेखि फूटबल खेल्दै आएको खेलाडीको कथालाई उठाएको छ । यो सिनेमाका लागि अनमोल १२ केजी दुब्लाएका समेत थिए ।
For More videos Log on to Mazzako TV