गीत गजलमा रुप र आरोही
नितिन चन्दले निर्देशन गर्न लागेको सिनेमा गीत गजलमा हिरोइन फेरिएको छ । यो सिनेमाका लागि अभिनेत्री सारा सिर्पाली फाइनल भैसकेकी थिइन् ।साराले केही दिन त वर्कशप पनि गरेकी थिइन् । तर, अब भने हिरोइन फेरिएको छ । अब हिरो र हिरोइन दुबै नयाँ रहने जानकारी नितिनले दिएका छन् । लभ स्टोरी सिनेमामा हिरोको रुपमा रुप खरेल र हिरोइनको रुपमा आरोही सिंहले अभिनय गर्ने भएका छन् ।

सिनेमालाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन् । फिल्मको छायांकन भदौको अन्तिम साताबाट सुरु हुनेछ । अर्जुन पोखरेलको संगीत रहेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
For More videos Log on to Mazzako TV







