ड्रिम्स र ए मेरो हजुर २ को व्यापारपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको करिअर ओरालो लागेको छ । साम्राज्ञीले अभिनय गरेका तिमी सँग, कायराको व्यापार आशातित नहुँदा उनको करिअर ओरालो लागेको टिप्पणी समेत हुन थालेको छ ।

साम्राज्ञीले एकै प्रकारका सिनेमामा काम गरेकाले पनि उनीसँग दर्शक विच्कन थालेका हुन् कि भन्ने देखाउँछ । यसैविचमा, साम्राज्ञीले अभिनय गरेको पाँचौ सिनेमा इन्टु मिन्टु लण्डनमाको ट्रेलर आज रिलिज भएको छ । सो ट्रेलरमा पनि साम्राज्ञीको लभर गलकै भूमिका देखिन्छ । केटासँग भेट, रोमान्स, विछोड, पिडा देखाइएको छ ।

इन्टु मिन्टु लण्डनमा अहिले हाइप राम्रो छ । यसैले पनि साम्राज्ञीलाई यो सिनेमाको व्यापार राम्रो हुन जरुरी छ । यो सिनेमाको व्यापार राम्रो भएको खण्डमा यसपछि भने साम्राज्ञीले भूमिका परिवर्तन गर्न आवश्यक छ ।

For More videos Log on to Mazzako TV