कृषालाई पनि हिरोइन बन्ने रहर जागेछ (फोटो फिचर)

केही सिनेमा निर्माण गरेर पनि निर्मात्री कृषा चौलागाइलाई सफलता हात मिलेन । सिनेमा निर्माणमा कृषा भाग्यमानी साबित हुन सकिनन् । बरु, उनले काम गरेका सबै सिनेमाका निर्देशकबाट उनी पीडित बनेकी थिइन् । उनले निर्माण गरेको पलाँस सिनेमाको काम त निर्देशकले विचमै छाडिदिए र पछि उनले पुरा गरिन् ।

उनै कृषा निर्देशक बन्ने चर्चा छ । उनले मोडल निराजन प्रधानलाई लिउर सिनेमा बनाउन लागेको चर्चा चलेको थियो । तर, अहिले यो सिनेमाको काम के भैरहेको छ, खासै सुनिएको छैन ।

तर, उनै कृषाले आफ्नो फेसबुकको वालमा पोष्ट गरेको केही तस्बिरले भने उनी निर्देशक नभएर हिरोइन बन्ने मुडमा त लागिनन् भन्ने देखाउछ । कृषाले फोटोसुट गरेका तस्बिर साच्चिकै राम्रा छन् । अब, उनी आफै हिरोइन बन्दा के हुन्छ भनेर समेत प्रतिक्रिया आइरहेका छन् । कि आफैले निर्देशन गर्न लागेको सिनेमाको निर्देशक पनि आफै बन्ने सुर हो कृषाको ?









