असोज ५ गते देखि प्रदर्शनमा आउने फिल्म ‘बाँधमायाले’ प्रचारको नयाँ शैली अपनाएको छ । विशेषतः सामाजिक सञ्जाल फेसबकुमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचार सुरु गरिएको हो । निर्देशक सविर श्रेष्ठले बताए अनुसार प्रत्येक दुइ दिनमा फिल्म बाँधमायाले को एउटा प्रश्न फिल्मको फेसबुक पेज सोधिनेछ ।

सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिन सम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठ बताउँछन् । फिल्म हलमा नआउञ्जेलयी र यस्तै खाले प्रचार गरिरहनेछौं, सविर भन्छन् ।

लभ स्टोरी फिल्म बाँधमायाले लाई सविर र रामहरी धिताल मिलेर बनाएका हुन् । निर्माताको रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । फिल्ममा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएकाछन् ।

For More videos Log on to Mazzako TV