‘ईन्टु मिन्टु लण्डनमा’ को ट्रेलर रिलिज (भिडियो)
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तथा नव नायक धिरज मगर स्टारर फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ को ट्रेलर रिलिज गरिएको छ । कोरियोग्राफर रेनशा राई निर्देशित फिल्मको लभ स्टोरी बोल्ने ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

असोज ५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ट्रेलरमा नायिका साम्राज्ञी र नव नायक धिरज प्रस्तुत भएका छन् । यसअघि सार्वजनिक भएको ‘उडायो हावाले’ र ‘लण्डनमा’ गीतको मज्जाको प्रतिक्रिया आइरहेको अबस्थामा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
आइ कोर फिल्मको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रभु शमसेर राणा र प्रज्वल शमसेर राणाले लागानी गरेका हुन् ।
For More videos Log on to Mazzako TV








