यश-कुमार र निमा-रुम्बाको छिरिङ्ग्- टिजर रिलिज (भिडियो)
गायक तथा नायक द्वय यशकुमार र निमा रुम्बा स्टारर चलचित्र ‘छिरिङ्ग’ को टीजर सार्बजनिक भएको छ । छिरिङ्गमा यश कुमार कै निर्देशन रहेको छ भने सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । उक्त फिल्ममा कामना भुजेल नायिकाको रुपमा छिन् ।
फिल्म को टीजरमा प्रेम र द्वन्द्व भेटिन्छ । यसै चलचित्र को यस अघी २ वटा गित सार्बजनिक गरिसकिएको थियो ।

उपल्लो मुस्ताङको कथा बस्तु लाई दर्शाएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा को प्रस्तुतिकरण गर्छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तुमा पर्ने टिजरले दर्शाउँछ ।
चलचित्र आगामी असोज १२ गते देशव्यापी प्रदशन हुँदैछ । ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV








