फिल्म क्षेत्रमा बर्षा राउतको स्थान कुन ?
अभिनेत्री बर्षा राउतको हातमा आधा दर्जन सिनेमा छन् । आधा दर्जन सिनेमाको लाइनअप हेर्दा उनलाई कसैले भेट्न नसक्ने देखिन्छ । देशका ठूला ब्यानरका सबै सिनेमा उनीसँग नै छ । बर्षालाई कामको भ्याई नभ्याई छ ।
दाल भात तरकारी, गोपि, डामाडोल छायांकनका क्रममा छन् । छक्का पन्जा ३, चौका दाउ रिलिजको क्रममा छन् । यसरी ठूला ब्यानरका सिनेमामा रोजाइ बनेकी बर्षा राउत आफूलाई सिनेमा नगरीका अभिनेत्रीहरुमध्ये कुन स्थानमा राख्छिन् होला ? बर्षाका अनुसार अहिले उनी टप १० भित्र छिन् ।
उनले अझै पनि धेरै काम गर्न बाँकी छ । आफ्नो कामले टप ३ मा चाडै पर्ने उनको भनाई छ । बर्षाले ठूला ब्यानरका सिनेमामा काम गरेतापनि सोलो हिट दिन नसकेको आरोप भने लाग्दै आएको छ ।
For More videos Log on to Mazzako TV