बाँनेश्वर चोकमा पूजा र आकाशको ‘तिम्रो लागि म छु’ (भिडियो)
गाइजात्राको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको गाइजात्रा विशेष कार्यक्रममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले आफ्नो सिनेमा रामकहानीको प्रचार गर्न पनि भ्याए । यो सिनेमा भदौको २२ गतेबाट रिलिज हुँदैछ ।

सिनेमाको प्रचारका लागि दौडधुप गरिरहेका आकाश र पूजाले सिनेमामा समावेश तिम्रो लागि म छु बोलको गीतमा नृत्य गरेका थिए । उनीहरुलाई सिनेमाकै कलाकार केदार घिमिरे र जितु नेपालले पनि साथ दिएका थिए । उनीहरुले फिल्मको गीतमा नृत्य गर्दै दर्शकलाई सिनेमा हेरिदिन आग्रह पनि गरे ।

भदौ २२ गतेबाट चल्ने यो सिनेमाका निदेृशक सुदर्शन थापा हुन् । कमेडी र लभ स्टोरी जनराको यो सिनेमाको प्रचार अहिले हाइपमा छ ।
For More videos Log on to Mazzako TV







