अनमोल गायक पनि
मोनिका इन्टरनेशनलले बुटवलमा आयोजना गरेको अनमोल इभमा अभिनेता अनमोल केसी गायक पनि बने । अभिनेता अनमोल केसीलाई हेर्न ७ हजार बढी दर्शक वुटवलमा जम्मा भएका थिए । तर, अभिनेता केसीले दर्शकलाई नृत्यसंगै गायनले पनि झुमाएका थिए ।
उनले, आफूले अभिनय गरेका सिनेमाकै गीत गाएका थिए । उनले कृ सिनेमाको यति यति पानी बोलको गीतमा भने कोरसको साथमा नृत्य गरेका थिए । अनमोलले वुटवल उड्नु अगाडि नै आफूले गीत पनि गाएर सरप्राइज दिने बताएका थिए । कुनै नेपाली कलाकारलाई हेर्न टिकट काटेर यति धेरै दर्शक पहिलो पटक आएको आयोजकले बताएको छ ।
अनमोलले फ्यानहरुसँग साक्षात्कार मात्र गरेनन्, आफ्नो नयाँ सिनेमा क्याप्टेनको प्रचार पनि गरेका थिए ।
For More videos Log on to Mazzako TV