१२ केजी किन दुब्लाए अनमोल ? अभिनेता अनमोल केसीले कृ सिनेमाको लागि बनाएको शरीर अहिले सुकाएका छन् । उनले यसरी आफ्नो शरीर सुकाउनुको कारण हो, नयाँ सिनेमा क्याप्टेन ।

यो सिनेमाका लागि अनमोल दुब्लाएका छन् । अनमोलका अनुसार, यो सिनेमाका लागि उनी १२ केजी दुब्लाएका छन् । अनमोलले चिल्लो खानेकुरा केही पनि खाएका छैनन् । भूवन केसीको निर्माण र दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो सिनेमालाई तिहारमा रिलिज गर्ने कुरा छ । अभिनेता अनमोल केसीले भने आफूले बिहानदेखि बेलुकासम्म दौडिनुपर्ने भएकाले पनि शरीर घटेको बताए ।

उनले, यो सिनेमा आफ्नो लागि विशेष महत्वको रहेको समेत बताए । देशको बिषयलाई नै उठान गरिएकाले पनि सिनेमा आफ्ना लागि विशेष भएको उनको भनाई छ ।

For More videos Log on to Mazzako TV