अभिनेत्री निरुता सिंहले लामो समयपछि पर्दामा देखिएको फिल्म नाई नभन्नु ल ५ ले औषत व्यापार गरिरहँदा उनको कमब्याक र सिनेमा नगरिमा अबको भविष्य कस्तो होला भन्ने चर्चा सुरु भएको छ । यो सिनेमामा निरुता जम्माजम्मी १ मिनेट जति पर्दामा छिन् । तर, उनको १ मिनेटको उपस्थिती दमदार छ ।

दर्शकले निरुतालाई पर्दामा हेर्ने चाहना त पुरा गरेका छन् तर उनको यो उपस्थितीले दर्शकको तिर्खा भने मेटिएको छैन । निरुता अब सिनेमा दाल भात तरकारीमा काम गर्दैछिन् । यो सिनेमामा भने उनको लामो भूमिका छ । निरुता सिंह सिनेमामा नगरीमा फेरि जम्न चाहेकी छिन् ।

तर, उनले चाहेजस्तो महिला केन्द्रित सिनेमा भने उनलाई अफर गरिएको छैन । यसैले पनि होला उनी छोटा र चर्चित ब्यानरका सिनेमामा बढी फोकस देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV