प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई अब एकसाथ सिनेमामा देखा पर्ने भएका छन् । निर्देशक सञ्जीव न्यौपानेको नयाँ फिल्म ‘मासु भात’ यो जोडीले एक साथ काम गर्न लागेका हुन् । यो फिल्मका लागि दुवैले फिल्म साइन गरिसकेका छन् ।

निर्देशक न्यौपानेले लिड रोलमा सौगात र सृष्टिलाई अनुबन्ध गरिएको जानकारी दिए । फिल्मको केही दिनमा नै औपचारिक घोषणा समेत गरिँदैछ । ‘मासु भात’ मा निर्देशक स्वयमको कथा छ । दुईको एकअर्कासँग कुनै दृश्य नभएपनि कथा भने उनीहरुकै वरिपरि घुमेको थियो । अब पहिलो पटक रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिन साझेदारी गरेको हेर्न पाउनेछन् ।

For More videos Log on to Mazzako TV