नेपाल आइडल गतबर्ष पहिलो सिरिजमै मिश्रित प्रतिकृया सहित निकै र्चचा बटुलेको नेपालको एक सफल सिङ्गिङ रियलिटी शो बन्न सफल रह्यो । गतबर्ष नेपाल आइडलले धेरैलाई हिट बनायो । कोही निकै राम्रो प्रस्तुती दिएर हिट त कोही रमाइलो प्रस्तुती दिएर सामाजिक सन्जालमा पपुलर भए । यसबर्ष पनि गतसालको त्यो क्रेजले गर्दा धेरै नेपाली यस प्ल्याटफर्ममा आफ्नो प्रस्तुती दिन आए ।
यस बर्ष केहि नयाँ कुराहरु नेपाल आइडलमा देख्न पाइएको छ । यस सिजनमा अडिसन राउन्ड बाट ४ जना सहभागिले गोल्डेन माइक पाएर सिधै गला राउन्डमा प्रबेश पाएका छन् । जसमध्ये हेटौडा अडिसन बाट चितवनका मिनराज पौडेल, पोखराका बिक्रम बाराल, पोखराकै निलिमा कंडेल थापा र काठमान्डौँ बाट अडिसन दिएका झापाका सुमित पाठका परेका छन् ।

यि सबैभन्दा फरक प्रस्तुती सुर्खेतकी काउली बुढी यानिकी सन्ध्या बुढाको रह्यो । आइडलको अन्तिम अडिसन काठ्मान्डौमा आएकी सन्ध्याले आफ्नो गायकीले जजको मन मात्र जितीनन् काउली बुढी बनेर सबैको ध्यान आकर्षित पनि गरिन् ।
सुरुमा काउली बुढी बन्दै रमाइलो र ठट्यौली पारामा आफ्नो प्रस्तुती दिएकी सन्ध्याले जज हरुलाई अन्योलमा परिन् । नियम ले ३० बर्ष सम्ममात्र भाग लिन पाउने भएकाले उनिहरुले ८० बर्षकी काउली बुढी बनेकी सन्ध्यालाई बाहिर केहिबेर प्रतिक्षा गर्न भने ।

उनले बाहिर पनि अन्य प्रतिस्पर्धी र होस्टहरु सँग निकै रमाइलो गरिन् । त्यस पश्चात आफ्नो वास्तबिक नामबाट सन्ध्या फेरी अडिसन दिन गइन्, यसपाली ८० बर्षे बुढीले नभइ २२ बर्षे युबतीले सुरमा गाएको हुनाले जज हरुले सहजै गोल्डेन टिकट दिए ।
गोल्डेन टिकट पाइसके पछी सन्ध्याले काउली बुढिको स्वरमा जज हरुलाई धन्यवाद दिइन् । तिनैजना जज तीनछक परे । उनिहरु पनि सन्ध्याको कला र गला को मुक्तकन्ठले प्रसंसा गरी नरहन सकेनन ।

यो आइडलको स्कृप्टमै थियो अथवा स्वतस्फुर्त नै भएको घटना थियो, त्यो ठ्याक्कै भन्न नसकिएला तर जेहोस सन्ध्याले आफ्नो कलाले अडिसन राउन्डमा मज्जाको छाप चाहिँ छोडेकै हुन् ।

For More videos Log on to Mazzako TV