नायक अनमोल केसीको फिल्म ‘क्याप्टेन’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार आफ्नो आधिकारिक फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा अनमोल ११ नम्बरको जर्सीमा बललाई मज्जाको सुट प्रहार गर्न आतुर देखिन्छन् ।


जर्सीमा उनको नाम ’इशान’ लेखिएको छ । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ’क्याप्टेन’ ले बोल्छ । यो फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् । पोस्टरबाटै उनको कडा मेहनत देखिन्छ ।

भुवन केसीले निर्माण गरेको ’क्याप्टेन’ मा यसपटक अनमोलले दुई नव अभिनेत्रीसँग स्क्रिन साझेदार गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्ममा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV