निर्देशक दिपाश्री निरौला र अभिनेत्री प्रियंका कार्कीको प्रेम रोचक छ । यी दुई एक अर्कालाई सम्मान र प्रेम गर्छन् । अभिनेत्री दिपाश्री निरौलाको जन्मदिनमा पुगेकी प्रियंकाले उनलाई प्रेम दर्शाइन् । दिपाका लागि केक लिएर पुगेकी प्रियंकाले उनको गालामा चुम्बन गरिन् र प्रेम दर्शाइन् ।

यतिमात्र होइन, उनले दिपाको प्रशंसा पनि गर्न भ्याइन् । दिपाश्री निरौला धेरैको प्रेरणाको श्रोत भएको भन्दै प्रियंकाले उनी आफ्ना लागि दिदी भएको बताइन् । आफ्नो आमा बुबाले दिदी नजन्माएपनि आफ्ना लागि दिपा नै दिदी भएको प्रियंकाको भनाई थियो । प्रियंका र दिपाले वडा नम्बर ६ देखि काम गर्दै आएका छन् ।

दिपाले निर्देशन गरेको छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३ मा पनि प्रियंकाले नै अभिनय गरेकी छिन् । यही सम्बन्धका कारण दिपाले प्रियंकालाई आफ्नो फिल्ममा छुटाउदिनन् ।

For More videos Log on to Mazzako TV