अभिनेता प्रदिप खड्कालाइ लभर ब्वाइको रुपमा हेरिरहेका दर्शकले भदौ २२ गतेबाट रिलिज हुन लागेको सिनेमा रोजमा भने फरक भूमिकामा हेर्न पाउने छन् । प्रदिपलाई दर्शकले रोजमा आफ्नै प्रेमिकाको हत्याराको भूमिकामा देख्न पाउनेछन् ।

यसैले पनि कतै प्रदिपको इमेज दर्शकको नजरमा फरक हुने त होइन भन्ने विश्लेषण हुन थालेको छ । तर, अभिनेता प्रदिप खड्का भने दर्शकले आफूलाई जुन भूमिकामा हेरेपनि रुचाउने बताउँछन् । उनका अनुसार, यो सिनेमामा उनले प्रेमिकाको हत्या गरेतापनि दर्शकको सहानुभुती भने आफूले नै पाउने बताए ।

फिल्म भित्रको एउटा क्यारेक्टरमा आफू रहेकाले त्यो क्यारेक्टरलाई न्याय दिने कोशिश आफूले गरेको प्रदिपले बताएका छन् । सिनेमा भित्र एउटा प्रेमीले किन प्रेमिकाको हत्या गरे भन्ने कुरा देखाइएको भन्दै प्रदिपले दर्शकले त्यो कथालाई हेर्ने बताए । सिनेमा साइन गर्नु अगाडि आफूले पनि यो बिषयमा सोचेको प्रदिपको भनाई छ ।

For More videos Log on to Mazzako TV