पूजा र आकाशको प्रेम, ‘रामकहानी’ गीत ‘आए म तिम्रो छेउ’ (भिडियो)
यहि भाद्र २२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘रामकहानी’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ को ‘आँए म तिम्रो छेउ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्दरसंगीत तथा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ ।
गीतले मुख्य पात्र पूजा शर्मा र आकाश श्रेष्ठको प्रेमलाई मज्जाले प्रष्ट्याएको छ । ट्रेलर र पोस्टरबाट उच्च हाइप सिर्जना गरेको फिल्म बक्स अफिस र दर्शकका लागि प्रतिक्षित छ ।
फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, सोभित बस्नेतलगायतका कलाकारको पनि अभिनय छ । कमेडी लभस्टोरी फिल्ममा महेश दवाडी र दिनेश न्यौपानेको पटकथारसंवाद रहेको फिल्ममा अर्जुन पोखरेलको शब्दरसंगीत, सौरभ लामाको छायाँकन, बनिष शाहरमिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ ।
For More videos Log on to Mazzako TV