प्रदिप खड्का, मिरुना मगर र पारमिता राज्यलक्ष्मी राणाको मुख्य भूमिका रहेको चलचित्र ‘रोज’ को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्र निरक पौडेलको निर्देशन, गोपी कृष्ण मुभी र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा आयरा पौडेल र आरोही के.सि.को निर्माणमा बनेको हो ।
यहि भदौ २२ गते रिलिजबाट चलचित्र अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछन् । यस अघी सार्बजनिक गरिएको उक्त चलचित्रको ‘फुल होईन’ बोलको गीतले मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

यस चलचित्रमा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतको पनि अभिनय छ । उद्धव पौडेल रोजका प्रस्तुतकर्ता हुन् भने केदार भुषालको कथा र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV