२ रुपैयाँका निर्देशक आशिफ शाहले निर्देशन गर्न लागेको नयाँ सिनेमाको नाम डामाडोल राखिएको छ । यो सिनेमाको छायांकन चाडै नै सुरु हुँदैछ । यो सिनेमाका लागि अभिनेत्री बर्षा राउत फाइनल भएको खबर छ ।

बर्षा राउत फिल्मको लिड हिरोइनको रुपमा रहनेछिन् । फिल्ममा २ रुपैयाँकै कलाकार निश्चल बस्नेत र आशिफ शाह मुख्य भूमिकामा रहनेछन् । यो सिनेमालाई असिम शाहले निर्देशन गर्नेछन् । कमेडी कथामा यो सिनेमा बन्ने बताइएको छ । यो टिमले निर्माण गरेको फिल्म २ रुपैयाँले गतबर्ष राम्रो कमाई गरेको थियो । अभिनेत्री बर्षा राउतको हातमा अहिले सिनेमाको लाइन लागेको छ । यसैले पनि बर्षा सबै सिनेमालाई लिएर उत्साहित छिन् ।

For More videos Log on to Mazzako TV