लण्डनमा छायांकन हुन लागेको नेपाली फिल्म पासवर्ड अहिले चर्चामा छ । यो फिल्म चर्चामा रहनुको कारण यो सिनेमामा बलिउडकी मोडल सन्नी लियोनीले काम गर्न लागेकाले हो । यो सिनेमामा काम गरेवापत सन्नीले चर्को पारिश्रमिक पनि लिएकी छिन् ।

उनको पारिश्रमिकको बिषयमा फरक फरक खबर पनि आइरहेको छ । तर, सन्नी लियोनी यो सिनेमाको मुख्य हिरोइन नभएर उनले फिल्मको एउटा आइटम गीतमा काम गर्न लागेको खबर बाहिरिएको छ । सन्नी लियोनीको साथमा यो सिनेमामा नेपाली कलाकारहरु अनुप विक्रम शाही, छुल्ठिम गुरुङ, विक्रम जोशी लगायतको अभिनय रहनेछ ।

सिनेमाको बजेट ३० करोड बताइएको छ । सन्नी नेपाली फिल्ममा आइटम गर्न पाउँदा खुशी देखिएकी छिन् । सम्राट बस्नेतले यो सिनेमाको निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV